काठमाण्डु, ६ असोज– ओखलढुंगा चण्डेश्वरीका महेश खड्कालाई ४ वर्षअघि काठमाण्डु प्रवेश गर्दा दैनिक गुजारा चलाउन पनि धौधौ थियो । दिनभरि ज्यालादारी गरेर बेलुका गुजारा चलाउँथे । करिब ४ वर्षसम्म उनको यो दैनिकी बन्यो ।
त्यसपछि मजदुरी छाडेर टोले गुण्डाहरुसँग संगत बढाए र उनी रातारात लखपति हुँदै करोडपति भए । गुण्डासँगको संगतबाटै उनले मजमैजुमा करिब १२ आना जग्गा जोडे । तर, उनको धन्दा लामो समयसम्म टिक्न सकेन । सुराकीका आधारमा उनी काठमाण्डुबाट समातिए ।
प्रहरीका अनुसार उनी अहिले कैद भुक्तानी गरिरहेका छन् । रोजगारीका सिलसिलामा काठमाण्डु भित्रिएका युवा चाँडै धनी बन्ने प्रभोलनमा परी अपराधमा सम्लग्न भएका यो त उदारहण मात्र हो । चोरी कडैती, लुटपाट, जर्वजस्ती चन्दा, अपहरण तथा फिरौती असुलीजस्ता अपराधमा खड्काजस्ता थुप्रै युवाको संलग्नता बढ्दै छ ।
कारोबार दैनिकबाट