काठमाण्डू, १६ कात्तिक– माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्दबाट चिरण पुनको नेतृत्वमा विद्रोह गरेको समूहबीच आगामी २० कात्तिकमा एकता घोषणा हुने भएको छ ।
आइतबार कोटेश्वर पेरिसडाँडामा बसेको माओवादी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सो पार्टीका प्रवक्ता अग्नि सापकोटाले २० कात्तिकमा पार्टी एकता घोषणासभा राखिएको बताए ।
माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन प्रेमबहादुर सिंह, राजु कार्की र सुभाषराज काफ्ले नेतृत्वको समूहबीच पार्टी एकता हुने जानकारी उनले दिए ।
त्यसअघि १९ कात्तिकमा सबै दलको केन्द्रीय समितिको संयुक्त बैठक आयोजना गरिएको छ ।