कुवेत–वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेका लम्जुङका एक युवकको कार दुर्घटनामा ज्यान गएको छ ।
भारते गाउँ विकास समिति– ८, बेसीगाउँका २८ वर्षीय विकास भुजेलको सडक दुर्घटनामा ज्यान गएको हो । रोजगारीका लागि गएको एक सातामै भुजेलको कार दुर्घटनामा परेर मृत्यु भएको उनको परिवारले जनाएको छ ।
गत भदौ २० गते घरबाट कुवेत हिंडेका उनको भदौ २७ गते कार दुर्घटनामा मृत्यु भएको हो । उनको शव काठमाण्डु ल्याएर पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।