पूर्वसभामुख महरालाई सुन्धारा कारागार पठाइयो

काठमाण्डु टुडे २०८२ असोज २९ गते १९:३५ मा प्रकाशित

काठमाण्डू, २९ असोज– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । पूर्व सभामुख महरालाई अदालतको आदेश बमोजिम सुन्धारास्थित केन्द्रीय कारागारमा पाठाइएको जिल्ला अदालत काठमाण्डूका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

सुचना अधिकारी श्रेष्ठले भने, ‘उहाँलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइएको छ ।’मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि महरालाई थुना पठाउने आदेश जारी भएको हो ।

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई गत आइतबार पक्राउ गरेको थियो ।

उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us