ओली नेतृत्वमा नरहे एमालेसँग पनि एकता हुनसक्छ: प्रचण्ड

काठमाण्डु टुडे २०८२ असोज २९ गते १७:५८ मा प्रकाशित

काठमाण्डू, २९ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग सम्भावित एकताको सम्बन्धमा स्पष्ट संकेत दिएका छन ।

आज (बुधबार) धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्र्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अधि बढ्ने पनि बताएका छन । अध्यक्ष प्रचण्डले भने, ‘अबको माओवादीको लाइन भनेको चुनाव हो ।

साथै, तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी प्रचण्डले दिए । एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उनले भने, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ ।’

कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको पनि बताए । उनले भने, ‘अहिले मेरो जेन्जी युवाहरुसँग पनि छ्लफल भैरहेको छ । युवाहरुले माओवादी सहि रहेछ भन्ने बुझ्नु भएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us