रक्सीले मातेर श्रीमतिको हत्या

काठमाण्डु टुडे २०७१ असोज ३ गते ४:३५ मा प्रकाशित

इलाम, ३ असोज– इलाम माइपोखरीका एक युवकले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
माइपोखरी–३ का ३० वर्षीय वीरेन राईले श्रीमती २६ वर्षीया जानुका कार्कीलाई कुटेर हत्या गरेका हुन् । कुटपिटबाट गम्भीर घाइते जानुकाको उपचारका लागि जिल्ला अस्पतालमा ल्याउँदै गर्दा बाटैमा मृत्यु एभएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।  वीरेनलाई प्रहरीले पक्राउ गरेको छ । मृतकका ६ वर्षका छोरा र ९ महिनाकी छोरी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us