राष्ट्रबैंकले दसैंका लागि नयाँ नोट बाँड्न थाल्यो

काठमाण्डु टुडे २०७१ असोज १ गते ४:२६ मा प्रकाशित

काठमाण्डु, १ असोज– नेपाल राष्ट्रबैंकले दसैंका लागि करिब २५ अर्ब रुपैयाँ राबरका नयाँ नोट new-Noteवितरण सुरु गरेको छ ।
दसैं, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरी केन्द्रीय बैंकले बुधबारदेखि नयाँ नोट वितरण सुरु गरेको हो । राष्ट्रबैंकले ५, १०, २०, ५० र १ सय रुपैयाँ दरका नोट वितरण गर्न लागेको हो ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समयमा पूराना नोट लागेर नयाँ साट्न सकिने राष्ट्रबैंकले जनाएको छ ।
बैंकले पहिलो चरणमा काठमाण्डुुको थापाथलीस्थित कार्यालयबाट नयाँ नोट वितरण थालेको हो । बैंकका प्रवक्ता मनोहरकुमार श्रेष्ठले एक व्यक्तिलाई अधिकतम २२ हजार नयाँ नोट उपलब्ध गराइने जानकारी दिए ।

उनका अनुसार नेपाल बैंकका काठमाण्डु, विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढी शाखाबाट नयाँ नोट लिन सकिने छ । वाणिज्य बैंक, विकास बैंक र लघुवित्त कम्पनीले समेत नयाँ नोट बाँड्न पाउने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us