कैलाली कारागार घटनाः अर्का घाइतेलाई पनि काठमाण्डू ल्याइँदै

काठमाण्डु टुडे २०८२ साउन २५ गते १३:३८ मा प्रकाशित

काठमाण्डू, २५ साउन– कैलालीको धनगढी स्थित कारागारमा झडप हुँदा गम्भीर घाइते भएका अर्का एक जनालाई पनि काठमाण्डू ल्याउने तयारी गरीएको छ । गत शुक्रबार राति कैदी बन्दीबिच झडप हुँदा एक जनाको मृत्यु भएको थियो ।

४७ जना घाइते भएका थिए । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका कर्ण सलामी मगरलाई थप उपचारको लागी काठमाण्डू पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले जानकारी दिएका छन ।

उनले भनेका छन, ‘विमानमार्फत काठमकाण्डू पठाउने तयारी गरिरहेका छौँ ।’ हिजो शनिबार मात्रै एक जनालाई उपचारको लागि काठमाण्डू ल्याइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us