काठमाण्डू, २५ साउन– रामेछापबाट खुर्कोट हुँदै हेटौंडा जाँदै गरेको स्कारपियो जिप दुर्घटना हुँदा एकको मृत्यु श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन ।
मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका–११ बस्ने ४१ वर्षीया राधा कार्की चौहान रहेकी जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ ।
उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भोला भट्टले जानकारी दिएका छन । राधा स्वास्थ्यकर्मी हुन् । दुर्घटनामा राधाका श्रीमान् ४६ वर्षीय उत्तम चौहान घाइते भएका छन् ।
घाइतेलाई उत्तमको सामुदायिक अस्पताल रामेछापमा प्राथमिक उपचार गरेर थप उपचारका लागि काठमाण्डू रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
प्रहरीका अनुसार चौहान दम्पती छोरालाई भेट्न हेटौंडा जाँदै थिए । हेटौंडा जान लागेको बिएससी ९४६३ नम्बरको स्कार्पियो गाडी आइतबार बिहान मन्थली–६ कुनौरीमा दुर्घटना भएको हो । गाडी सडकमा आएको पहिरोबाट तल खसेको छ ।