पर्वतमा पहिरोले पुर्‍यो जिप

काठमाण्डु टुडे २०८२ साउन २४ गते १६:०९ मा प्रकाशित

काठमाण्डू, २४ साउन– पर्वतको मोदी गाउँपालिका–४ स्थित क्याङमा एउटा जिपलाई पहिरोले पुरेको छ । पर्वतको लेस्पारबाट कुश्मातर्फ जाने क्रममा उक्त जिप बाटो हिलो भएपछि फसेको थियो ।

सो क्रममा माथिबाट आएको पहिरोले जिप पुरिएको जिल्ला प्रहरी कार्यलय पर्वतले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक (इन्सपेक्टर) राम प्रसाद सापकोटाका अनुसार घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

उनले भने, ‘जिप फसेपछि त्यहाँ भएका मान्छेहरू सुरक्षित स्थानमा सर्नुभएको थियो, केहीबेरमा माथिबाट पहिरो आएर जिप पुरिएको थियो ।’ उनका अनुसार, घटना शनिबार दिउँसोको हो । अहिले जिप पहिरोबाट उद्धार भइसकेको पनि उनले जानकारी दिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us