काठमाण्डू, ८ साउन– झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । झापाको गौरादह नगरपालिका–७ गक्षामारी बस्ने ७७ वर्षीया तेजकुमारी उप्रेतीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।
उनको बुधबार बेलुकी मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर नजिकै रहेको गुवालीभित्र कुटी काट्ने मेसिनबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।