लायन्स क्लब अफ काठमाण्डू अनन्तेश्वरको ढाका कपडा बुनाई तालिम सम्पन्न

काठमाण्डु टुडे २०८२ साउन ६ गते २०:०८ मा प्रकाशित

 ललितपुर, ६ साउन– लायन्स क्लब अफ काठमाण्डू अनन्तेश्वरद्वारा आयोजित ढाकाको कपडा बुन्ने एकहप्ते सिपमुलुक तालिम सम्पन्न गरेको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ आई नेपालका युथ एण्ड वूमन इम्पावरमेन्ट चिफ अनुज कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा र लायन्स क्लब टेम्पल गणेशका पूर्व अध्यक्ष एवं जोन चियर पर्सन सुमन खरेल शर्माको विशेष आतिथ्यतामा सम्मपन भएको उक्त कार्यक्रममा डिष्ट्रीक्ट डिपार्टमेन्ट अफिसर लायन सविता थापाको उपस्थित रहेको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं डिष्ट्रीक्ट युथ एण्ड वूमन इम्पावरमेन्ट चिफ अनुज कुमार श्रेष्ठले महिला प्रशिक्षार्थीहरु तालिममा मात्र सिमित नभई आफूले सिकेको सिपलाई व्यवसायिक रूपमा अगाडि बढ्दै आत्मनिर्भर हुनुपर्नेमा जोड दिए ।

सहभागी प्रशिक्षार्थीहरु प्रति लायन्स क्लब डीष्ट्रीक्ट ३२५ आई सदैव सकारात्मक रहेको र यदि एडभान्स तालीमको लागि तत्परता देखाएको खण्डमा आफूले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्दता समेत व्यक्त गरे ।

यसका साथै महिला उध्यमीहरुद्दारा तयार गरिएका ढाकाका कपडाहरुको बजारीकरणका लागि डिष्ट्रीक्टको तर्फबाट सक्दो पहल गर्ने पनि उनले बताए । यसैगरी कार्यक्रममा बोल्दै लायन्स क्लब अफ टेम्पल गणेशका पूर्व अध्यक्ष एवं जोन चियरपर्सन सुमन खरेलले आधारभूत तालिम लिनुहुने प्रशिक्षार्थीहरुले माग गरेको खण्डमा क्लबले थप एडभान्स तालिम कार्यक्रम ल्याउन आफू सदैव तयार रहेको बताए ।

डिपार्टमेन्ट अफिसर तथा लायन्स क्लब अफ काठमाण्डू अनन्तेश्वरका संस्थापक अध्यक्ष लायन सबिता थापा सहभागी दिदीबहिनीहरुले आफूले सिकेको सीपलाई तत्काल पेशागत रूपमा अगाडि बढ्नुपर्ने बताइन ।

शरु ढाका कपडा उद्योग, सुनाकोठी ललितपुरको समन्वयमा भएको तालिममा १० जना महिलाहरुलाई प्रशिक्षक शरु लिम्बूद्वारा तालिम प्रदान गरिएको क्लबका सचिव लायन उषा बिसिले जानकारी दिइन् ।

लायन्स क्लब अफ काठमाण्डू अनन्तेश्वरका अध्यक्ष लायन इन्दिरा कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाइ प्रमुख अतिथि लायन अनुज कुमार श्रेष्ठबाट प्रमाणपत्र बितरण गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us