काठमाण्डू ६ साउन– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादीनै रहेको तर्क गरेका छन ।
आज (मंगलबार) नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा मंगलबार काठमाण्डूमा आयोजित कार्यक्रममा महासचिव विप्लवले यस्तो बताएका हुन ।
उनले अन्यलाई दोष दिएर माओवादी उम्किने ठाउँ नभएको पनि बताएका छन । उनले भने, ‘नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिस्टहरूको दोष छ । मुख्य दोषी माओवादी हो ।
मैले प्रचण्डसँग भनेको छु–आजको राजनीति यति भ्रष्टीकरण र लथालिङ्ग हुनु । बलिदानी गर्ने, क्रान्तिकारी अपमानित हुने ठाउँमा पुर्याउनेमा सबैभन्दा बढी दोषी माओवादी छ, ‘त्यसकारण अरूलाई दोष दिएर उम्किने ठाउँ छैन ।
हामीले आफ्ना विचार, वर्ग, आदर्शलाई छोडेर अर्कोलाई दोष दिन पाउँछौँ ? ०५७ सालका कम्युन कहाँ गए ? बैंकका पैसा कता गए रु हस्पिटल कता गए ? त्यो जनता र कार्यकर्ताको कारणले होइन जनताको कारणले हो ।’