शिक्षकहरूको अधिकांश माग पुरा भएको छ, थप अडान राख्नु उचित होइनः सुमना श्रेष्ठ

काठमाण्डु टुडे २०८२ साउन ४ गते १६:१४ मा प्रकाशित

काठमाण्डू, ४ साउन– पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको अधिकांश माग पुरा भएकाले थप अडान राख्नु उचित नभएको तर्क गरेकी छन ।

आज (आइतबार) सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले शिक्षकहरूसँग भएकै सहमतिका आधारमा विधेयकमा अधिकांश विषय समावेश भएको भन्दै अव पनि शिक्षकहरूले थप मागमा अडान लिन नहुने तर्क गरेकी हुन ।

विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन अध्ययन गर्न उनले शिक्षकहरूलाई सुझाव दिइन् । श्रेष्ठले शिक्षकहरूको अनुहार देखाएर अरू समूहले समेत विधेयकमाथि खेल्न थालेको भन्दै सचेत हुन आग्रह समेत गरेकी छन ।

उनले शिक्षामन्त्रीकै आग्रहका कारण विधेयक पास गर्न ढिलाइ भएको भन्दै यसमा राजनीतिक दलहरू समेत गम्भीर हुनुपर्ने बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us