गुडिरहेको कारणमा ढुंगा खस्दा तीन जना घाइते

काठमाण्डु टुडे २०८२ साउन ४ गते १५:४८ मा प्रकाशित

चितवन, ४ साउन– नारायणघाट–मुग्लिन सडक खण्डअन्तर्गत तुइनखोलामा गुडिरहेको भारतीय कारमाथि ढुंगा खसेको छ ।

प्रहरीका अनुसार आइतबार दिउँसो गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा कार चालक भारत आग्राका ४२ वर्षीय रतेन्द्र यादव, ३३ वर्षीय हर्मोन यादव र ३५ वर्षीय हितेन्द्र यादव छन् । घाइते तीनै जनाको मुग्लिनस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

ढुंगा लागेर कारको अगाडिको सिसा फुटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक गायत्रीराज शर्माले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us