प्रचण्डले मोहन वैद्य भेटे

काठमाण्डु टुडे २०८२ साउन ४ गते १५:४२ मा प्रकाशित

काठमाण्डू, ४ साउन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेटेका छन् ।

वैद्य भेट्न प्रचण्ड आइतबार खोटा हाइटस्थित उनको निवास पुगेका थिए । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले वैद्यको स्वास्थ्य अवस्था बुझ्न उनी त्यहाँ पुगेको बताए ।

त्यस क्रममा वैद्यलाई स्वास्थ्यलाभको कामना गर्दै प्रचण्डले स्वास्थ्यमा सुधार भएकामा खुसी प्रकट गरेको आचार्यले जानकारी दिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us