संसदीय समितिको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

काठमाण्डु टुडे २०८२ साउन ४ गते १४:५६ मा प्रकाशित

काठमाण्डू, ४ साउन– प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार)को संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन् ।

आज प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले विश्वव्यापी आवाधिक समीक्षाबारेको छलफलमा प्रधानमन्त्री ओलीलाई बोलाएको थियो ।

छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ समितिको बैठकमा पठाएको स्रोतले जानकारी दिएको छ । मुख्यसचिव एकनारायण अर्याल र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका अन्य अधिकारीहरू सहभागी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us