सञ्चार माध्यम स्वनियमनमा जानुपर्छ: रेखा शर्मा

काठमाण्डु टुडे २०८२ साउन ४ गते १४:३९ मा प्रकाशित

काठमाण्डू, ४ साउन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले सञ्चारमाध्यम आफैं स्वनियमनमा जानुपर्ने तर्क गरेकी छन । आज (आइबतार) बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै शर्माले पत्रकारिताको नाममा भएका अराजकता रोक्नुपर्ने उनले बताइन ।

पूर्व सञ्चारमन्त्री समेत रहेकी शर्माले भनिन्, ‘सकेसम्म स्वनियमनमा जानुपर्छ, पत्रकारहरु आफैँ आफ्नो आचारसंहितामा जानुपर्छ, ‘सबैका संस्कार, आचारण, सबैका नकारात्मक कुराहरूमा टिप्पणी गर्ने पत्रकारिता क्षेत्र आफैँ अराजक भयो भने त्यसले समाजमा राम्रो गर्दैन ।’ शर्माले सबैखाले सञ्चारमाध्यमलाई समेट्न सक्ने नियामक निकाय आवश्यक रहेको पनि बताइन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us