काठमाण्डू, ४ साउन– हुम्लाको सर्केगाड गाउँपालिका–४ झापुकुनाको एक किराना पसलमा आगो लागी भएको छ । मानदेव शाहीले सन्चालन गरेको किराना पसल आगोमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिएका छन ।
आज बिहान आगलागी हुँदा किराना पसलका सामान, स्टेशनरी, कपडा लगायतका सामग्री जलेर नष्ट भएको उनले जानकारी दिए । आगलागीबाट कति क्षति भयो भन्ने यकिन विवरण आउन बाँकी रहेको पनि उनले बताए । आगो निभाउन स्थानीयवासी र सर्केगाड प्रहरी टोली खटिएका थिए ।