दाङमा गाडीले च्यापेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ साउन ४ गते १३:१८ मा प्रकाशित

दाङ, ४ साउन– दाङमा आफ्नै गाडी पछाडि गुडेर च्यापिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राकेश कुमार बानियाँ रहेका वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

दाङको देउखुरीको लमहीमा आफ्नै घर अगाडि रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीको पछाडिको चक्कामा ओट लगाएको ढुंगा हटाउने क्रममा उनी च्यापिएको प्रहरीले जनाएको छ ।

आज बिहान ६ बजेतिर गाडी पछाडि गुडेर बानियालाई च्यापेको थियो । टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल लमही अस्पताल पुर्‍याइएको थियो । तर बिहान ६ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका लमही प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us