काठमाण्डू, ३ साउन– एमाले पोलिट्ब्युरो बैठकले पार्टीको विधान सम्मेलनमा प्रस्तुत गर्ने विधान संशोधन मस्यौदा पारित गरेको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले शनिबार सम्पन्न पोलिटब्युरो बैठकबाट विधान संशोधन प्रस्ताव पारित भएको जानकारी दिए । उनका अनुसार बैठकले दुई कार्यकाल र ७० वर्षे उमेर हद हटाएको छ ।
यस्तै दुई सदस्यताको व्यवस्था कायम गरिएको उनले बताए ।
‘विधान संशोधन सम्बन्धी प्रस्तावलाई पोलिटब्यूरो बैठकले स्वीकार गरेको छ’, उनले भने, ‘त्यसभित्रका महत्वपूर्ण कुरा भनेको पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने कुरा हो । त्यसलाई बैठकले स्वीकार गरेको छ । गौतमका अनुसार दुई दिनसम्म चलेको बैठकमा ६८ जनाले धारणा राखेका थिए ।