दुर्गा प्रसाईंले साइबर अपराधमा सफाई पाए

काठमाण्डु टुडे २०८२ साउन २ गते २१:२९ मा प्रकाशित

काठमाण्डू, २ साउन– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले साइबर अपराध कसुरमा सफाई पाएका छन् ।

जिल्ला अदालत काठमाण्डूका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले साईबर अपराधसम्बन्धी दुई फरक मुद्दामा प्रसाईलाई शुक्रबार सफाई दिएको हो ।

प्रहरीले टीका संग्रौला र रोशन सुवेदीको फरकफरक जाहेरीका आधारमा प्रसाईंमाथि साइबर अपराध कसुरमा मुद्धा दायर गरेको थियो । प्रसाईंले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरेको आरोप जाहेरीकर्ताको थियो ।

गत १५ चैतमा राजावादीहरुको हिंसात्मक प्रदर्शनमा प्रहरीलाई नै गाडीले किचेर अघि बढेका प्रसार्र्ईं हाल पुर्पक्षका लागि थुनामा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us