भोलि बस्नेगरी एमाले पोलिटब्युरो बैठक स्थगित

काठमाण्डु टुडे २०८२ साउन २ गते १७:५९ मा प्रकाशित

काठमाण्डू, २ साउन– सत्ता घटक दल एमालेको पोलिटब्युरो बैठक भोलि ११ बजे बस्नेगरी स्थगित गरिएको छ । आज सात जनाले विधान मस्यौदामाथि धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले आफ्नो कुरा राखेका छन् ।

बैठकमा ७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्था, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा फर्कने निर्णय लगायतमाथि धारणा राख्ने क्रम चलिरहेको गौतमले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us