ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते

काठमाण्डु टुडे २०८२ साउन २ गते १७:५० मा प्रकाशित

काठमाण्डू, २ साउन– हुम्लाको सिमकोट गाउँपालिका–१ को दोजाम बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । १५ जना सवार रहेको कर्णाली प्रदेश ०२००१ त ०३५३ नम्बर ट्याक्टर दोजाम बैजीबाडा नजिक दुर्घटना हुँदा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिएका छन ।

सिमकोट गाउँपालिका–१ को दोजामबाट सिमकोट आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा १३ घाइते र १ जनाको अवस्था गम्भीर रहेको डीएसपी पोखरेलले जानकारी दिए ।

उनले भने, ‘जडीबुटी सकंलन गरी घर फर्किरहनु भएको रहेछ । तर बीचमै दुर्घटना भएको छ । हामी उद्धार गरिरहेका छौं, ट्याक्टर खोलामा छ।’ ट्याक्टरमा चढेकाहरू खार्पुनाथ गाउँपालिका–३ र सिमकोट गाउँपालिका–८ स्याडाका स्थानीय रहेको डिएसपी पोखरेलले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us