यस बर्षको ‘ग्लोबल हिरो अवार्ड’ज्ञानबाहादु शाही र कुलमान घिसिङलाई

काठमाण्डु टुडे २०८२ साउन २ गते १३:५९ मा प्रकाशित

काठमाण्डू, २ साउन– यस वर्षको ग्लोबल हिरो अवार्ड नेपालका ज्ञानबाहादु शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ । शाही प्रतिनिधि सभा सदस्य हुन् । घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख हुन् ।

यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक भव्य समारोहमा प्रदान गरिने बताइएको छ । ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ–आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै यो अवार्ड प्रदान गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us