सवारी दुर्घटनामा दैनिक ७ जनाको ज्यान जान्छः गृहमन्त्री लेखक

काठमाण्डु टुडे २०८२ साउन २ गते १३:४९ मा प्रकाशित

काठमाण्डू, २ साउन– गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटनामा दैनिक औसत ७ जनाको मृत्यु हुने गरेको बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा शुक्रबार मन्त्री लेखकले पूर्वसावधानी नअपनाउने, लाइसेन्सबिना सवारी चलाउने जस्ता कार्यले सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या बढेको बताए ।

सवारी दुर्घटना, लागुऔषध र आत्महत्या सुरक्षा चुनौतीका रूपमा देखा परेको उनको भनाइ थियो । बैठकमा प्रहरी महानिरीक्षक दीपक थापाले गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी दुई हजार ५ सय ४९ जनाको ज्यान गएको विवरण प्रस्तुत गरे ।

थापाका अनुसार सवारी दुर्घटनाबाट मृत्यु हुनेमा सबैभन्दा बढी मधेस प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us