बाल सुधार गृहभित्रै १० लाख ठगी

काठमाण्डु टुडे २०८२ साउन २ गते १३:११ मा प्रकाशित

काठमाण्डू, २ साउन– पर्साको वीरगञ्जमा रहेको एक बाल सुधार गृहभित्रै ठगी भएको पाइएको छ । ठगी आरोपमा बाल सुधार गृहका चौकीदार कैदी प्रमानन्द गुप्ता पक्राउ गरीएको छ ।

सिरहाको लाहन नगरपालिका–३ घर भएका गुप्ताले १० जना बाल बिज्याइकर्ताबाट उनले १० लाख १५ हजार ३७० रुपैयाँ ठगी गरेको पाइएको पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले जानकारी दिए ।

ठगी आरोप लागेका चौकीदार कैदी गुप्ता लागुऔषधको कसुरमा बाल सुधार गृह चलान भएका थिए । कैद भुक्तान गरेर ३२ असारमा उनी निस्कन लागेपछि पीडित बाल बिज्याइकर्ताहरूले बाल सुधार गृह प्रशासनमा उनीविरुद्ध उजुरी दिएका थिए ।

त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । दबाब र प्रभावमा पारी इसेवामावर्फत उनले उक्त रकम ठगी गरेको आरोप छ । पक्राउ परेका गुप्ताविरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभको कसुरमा ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us