उच्च अदालतका न्यायाधीश लम्सालले दिए राजीनामा

काठमाण्डु टुडे २०८२ साउन २ गते १२:४५ मा प्रकाशित

काठमाण्डू, २ साउन– उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गामा कार्यरत न्यायाधीश भरत लम्सालले आफ्नो पदबाट राजीनामा दिएका छन ।

न्यायाधीश लम्सालले बिहीबार सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष राजीनामा दिएका सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्टार अच्युत कुइँकेलले जानकारी गराए । एक वर्षपछि उमेर हदका कारण अवकाशमा जाने न्यायाधीश लम्सालले राजीनामा दिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us