विद्यालाई ओलीले भनेः नैतिकता बिर्सिएर पार्टीमा नआउनू, म नेतृत्व छाड्ने पक्षमा छैन

काठमाण्डु टुडे २०८२ साउन २ गते ११:३१ मा प्रकाशित

??????

काठमाण्डू, २ साउन– प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन खोज्नु गणतन्त्र र व्यवस्थाका लागि राम्रो नभएको टिप्पणी गरेका छन् ।

ओलीले सामाजिक सुप्रबन्ध, नयाँ राजनीतिक प्रणाली मर्म, गणतन्त्र र स्वयं भण्डारीको व्यक्तिगत जीवनका लागि पनि राजनीतिमा फर्कनु राम्रो नहुने बताए ।

भण्डारी राजनीतिमा आउन खोज्नु गम्भीर विषय भएको उनको भनाइ थियो । संविधानले पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नरोके पनि नैतिक मूल्य मान्यताका आधारमा राष्ट्रको अभिभावकीय भूमिका र नेपाली सेनाको परमाधिपति रहिसकेको साझा व्यक्तिले मर्यादित भएर बस्नुपर्नेमा कुनै पार्टीको सदस्य लिनु हितकर नभएको तर्क उनले गरे ।

राष्ट्रपति हुनुअघि नै पार्टी सदस्यता त्यागेकी भण्डारीको राजनीतिमा लामो ग्याप रहेको अवस्थामा पार्टी र आफूसँग परामर्श नै नगरी राजनीतिमा फर्किएको घोषणा गर्नुलाई आफूले सामान्य नभई गम्भीर रुपमा लिएको ओलीले बताए ।

‘राष्ट्रपति भनेको सिंगै देशको, सिंगै राज्यका सबै अंगहरुको प्रमुख हो । राष्ट्रपति देशप्रति, जनताप्रति र संविधानप्रति उत्तरदायी हुन्छ । उसको खास उत्तरदायित्व अरुप्रति हुँदैन र त्यसअन्तर्गत साझा व्यक्तित्वका रुवमा मर्यादित हुनुपर्ने भएको हुनाले कुनै पार्टीको सदस्य राष्ट्रपति हुन सक्दैन’, पत्रकार विजकुमार पाण्डेसँगको अन्तर्वार्तामा ओलीले भने, ‘विद्याजीले जसरी सार्वजनिक रुपमा राजनीतिमा फर्कने लागेको बताउनुभएको छ यो व्यवस्थासँग, सामाजिक सुप्रबन्धसँ, राजनीतिक प्रणालीको मर्मसँग र यो गणतन्त्रसँग जो हामीले नयाँ स्थापित गरेको प्रणाली हो । यो कुरासँग प्रत्यक्ष सरोकार राख्ने विषय हो । त्यसकारण यो गम्भीर विषय हो ।’

राष्टपतिको भूमिकामा रहँदासम्म भण्डारीले पदीय जिम्मेवारीमा रहँदा निष्पक्ष रुपमा संविधानको रक्षक र पालकको भूमिकामा काम गरेको भए पनि उनका पछिल्ला सार्वजनिक भनाइले आफूलाई आश्चर्यककित तुल्याएको ओलीले बताए ।

गणतन्त्रका प्रथम राष्ट्रपति रामवरण यादवले शीतलनिवासबाट बाहिरिएपछि राजनीतिमा सक्रियता नदेखाएर गणतन्त्रको मर्यादा कायम गरेको ओलीले उल्लेख गरे । उपराष्ट्रपति नन्दबहादुर पुन र विद्या भण्डारी राजनीतिमा आउनु भएकै नभएको तर्क पनि उनले अघि सारे । ‘राष्ट्रपति र उपराष्ट्रपति उस्तैउस्तै होइन ।

उपराष्ट्रपति त एउटा कामचलाउ राखेको मात्र हो । राष्ट्रपति भनेको फरक हो । भारतमा राष्ट्रिय सभाको अध्यक्षका लागि उपराष्ट्रपति राखेको हुन्छ’, ओलीले भने, ‘टिकाटिप्पणीबाट माथि रहेको मान्छे फेरि तल ओर्लिनु बान्छनीय हुन्न भन्ने कुरा देखिन्छ । यो संवैधानिक प्रश्न होइन, कानूनी प्रश्न होइन । यो नैतिकताको प्रश्न हो । यो नैतिक मूल्यमा आधारित भएर बसाउनुपर्ने थिति हो । अघिल्लो राष्ट्रपति रामवरण यादवले नैतिक मूल्यमा आधारित भएर थिति बसाउन खोजेको देखिन्छ’, ओलीले भने ।

भण्डारीले आफूसँग परामर्शै नगरी राजनीतिमा फर्किएको घोषणा गरेकामा ओलीले चित्त दुखाए । ‘विद्याजीले कहाँकहाँ परामर्श गर्नुभयो होला । तर मसँग चाहिं परामर्श भएन । पार्टीको अध्यक्ष म छु, मैले अध्यक्षता गरिराख्या छु । पार्टी छँदैछ । पार्टीसँग उहाँको कुनै प्रस्ताव आएन म राजनीतिमा फर्किएर आउँछु, सकरी काम गरौं । मलाई सक्रिय रानजीतिमा आउन मनछ आउँ नआउँ ? देशलाई फाइदा हुन्छ कि हुँदैन ? संवैधानिक प्रक्रिया के हुन्छ ? अथवा प्रणालीगत हिसाबले के हुन्छ ? राष्ट्रपति पदको गरिमाको हिसाबले सक्रिय राजनीतिमा आउँदा सिंगै देशको सर्वमान्य नेताबाट एउटा दल विशेषको कार्यकर्ता हुन आउदा कस्कतो हुन्छ ? अन्तर्राष्ट्रिय ‘प्रयाक्टिस कस्तो छ ? कुनै पनि विषयमा उहाँले परामर्श गर्नुभएन’, ओलीले भने ।
राजतन्त्र पक्षधरले राजतन्त्र फर्काउँछु भनेर उफ्रिइरहेका बेला पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा फर्कने घोषणाले उनीहरुको मनोबल बढ्न सक्ने तर्क ओलीको छ । यद्यपि भण्डारीले राजनीतिमा फर्कने घोषणा गरेको विषयमा पार्टीले ढिला नगरी उचित निर्णय लिने ओलीले स्पष्ट गरे ।
‘उहाँले प्रश्न उठाइसकेपछि उहाँले ‘मोरल्ली’ राजनीतिमा आउन हुन्छ, हुँदैन ? गणतन्त्रमा के असर पर्छ ? समाजमा के असर पर्छ ? पोलिटिक्समा के असर पर्छ ? व्यवस्थामा के असर पर्छ ? उहाँकै जीवनमा के असर पर्छ ? यी सबै कुरा सोचेर उहाँलाइ दिनुपर्ने सुझाव वा उहाँमाथि गरिनुपर्ने निर्णय पार्टीले गर्न त गर्छ नै । उहाँले आफैंले विचार गर्नुपर्नेजस्तो लाग्छ । हामीले पनि जानकारी प्राप्त गरेका छौं उहाँले रार्वजनिक रुपमा बोलेका कुराहरु । आउँछु भनेका कुराहरु । त्यसबारे उहाँसँग हामीले सोध्नपर्छ । निर्णय चाँडै हुन्छ । धेरै ढिलो त गर्दैनौं’, उनले भने । ओलीले आफूले भण्डारीलाई नेतृत्व हस्तान्तरण नगर्ने पनि स्पष्ट गरे । भण्डारीसँग संगठनात्मक काम गरेको अनुभव नै नरहेको र धेरै वर्ष पार्टी बाहिर बसेकाले नेतृत्व गर्न नसक्ने दाबी उनको छ ।

‘मैले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन । किन भने एक त उहाँ पोलिटिक्समा आउनुहुन्छ भनेर पार्टीले ठानेको/मानेको अवस्था नै छैन । दोश्रो उहाँ त पार्टी काम छोडेर धेरै वर्ष बाहिर जानुभएको छ । पहिला पनि उहाँले लिडरसिपमा बसेर काम गरेको संगठनात्मक अनुभव भएको होइन’, ओली भन्छन् ।

ओलीले आफू एमालेले निर्णय गरेर राष्ट्पति बनाएको नबिर्सन भण्डारीलाई भने । भण्डारी एमालेको नेतृत्वमा आएपछि अन्य कम्युनिष्ट घटकसँग एकता गर्नेबारे राजनीतिक बजारमा चलेका चर्चाबारे पनि ओली बोले । उनले विगतमा पनि एकता गरिएको र त्यो नटिकेको उदाहरण दिए । नाम कम्युनिष्ट राख्दैमा कोही कम्युनिष्ट नुहने भन्दै ओलीले कम्युनिष्टका नाममा कसैलाई गोलबन्द गर्न जरुरी नरहेको स्पष्ट गरे ।

‘अरु कसलाई गोलबन्द गर्ने ? जुन एकता, एकीकरण गरियो । त्यहँ मुल पार्टीर्लाइ नै सिध्याउँछु भनेर सिध्याउन कोसिस गरेको देखियो । भित्रै बसेर तर मारेकाहरुले पार्टी सिध्याउन खोजेको देखियो । कम्युनष्टि पार्टीलाई ‘दिउँसै टर्च बालेर खोज्दा पनि नभेटाउने बनाइदिन्छु’ भनेर भोषणा गर्नेहरुलाई बोर्ड नेकपा लेखेको छ भनेर कम्युनिष्ट ठान्ने गल्ती अब हुँदैन । वीरबहादुर नाम लेखेर वीरै हुन्छ । धनबहादुर लेखेर धनी नै हुन्छ । गरिबनाथ लेखेर गरिबै हुन्छ यस्तो ठान्नु हुँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us