बालेन र कुलमान जस्ता होनहार युवाहरुलाई पनि जोड्छौंः उपसभापति वाग्ले

काठमाण्डु टुडे २०८२ साउन १ गते १८:१६ मा प्रकाशित

   

काठमाण्डू, १ साउन– राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति डा. स्वर्णिम वाग्लेले काठमाण्डू नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र महानगरपालिकाका मेयर बालेन शाह जस्ता सक्षम र लोकप्रिय व्यक्तित्वहरूलाई रास्वपामा प्रवेश गराउँने बताएका छन ।

आज (बिहिबार) वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपा उपसभापति वाग्लेले यस्तो बताएका हुन । उनले नयाँ र स्थापित सक्षम पात्रहरू एक ठाउँमा आउने क्रम सुरु भएको पनि बताए । उनले भने, ‘काठमाण्डूका मेयर हुनुहुन्छ बालेन शाह, कुलमान घिसिङ, डा. सिके राउत, गोपी हमालजस्ता पात्रहरू र नेपाली राजकाजमा स्थापित भइसकेका अन्य पात्रहरू पनि यहाँ जोडिँदै हुनुहुन्छ ।

यो सबै सकारात्मक छ।’ वाग्लेले यो ध्रुवीकरणलाई ‘नयाँ अनुहार भर्सेस पुराना अनुहार’ को लडाइँको संज्ञा दिँदै रास्वपा यसको केन्द्र बन्ने बताए। पार्टी सभापति रवि लामिछानेविरुद्धको मुद्दालाई ‘अति राजनीतिक अभियोजन’ को संज्ञा दिँदै वाग्लेले यसैको विरोधमा सुरु गरिएको हस्ताक्षर अभियानमा व्यापक जनसमर्थन प्राप्त भएको बताए ।

यद्यपि, मुद्दा अदालतमा विचाराधीन रहेकाले न्यायिक प्रक्रियामा कुनै हस्तक्षेप नगर्ने उनले स्पष्ट पारे।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us