काठमाण्डू, १ साउन– इलामको माईजोगमाई गाउँपालिका–२ तारसिंङ गाउँमा दाजुभाइमाथि धारिलो हतियार प्रहार भएको छ । हतियार प्रहारबाट भाई २१ वर्षीय प्रकाश चापागाईंको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
हतियार प्रहार गरी हत्या गरेको आरोपमा सूर्योदय नगरपालिका–१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–१ भालुखोपस्थित ससुराली घरमा आएका ३२ वर्षीय निरोज चापागाईं र उनको भाई प्रकाश चापागाईंलाई किरणले धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।
हतियार प्रहारबाट प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो । घाइते भएका निरोजलाई फिक्कल अस्पताल हुँदै थप उपचारको लागि झापातर्फ पठाइएको छ । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।