मितेरी पुलमा दसैँअघि बेलिब्रिज जडान गर्न चीनसँग सहमति

काठमाण्डु टुडे २०८२ साउन १ गते १६:०४ मा प्रकाशित

काठमाण्डू, १ साउन– नेपाल र चीन सरकारबिच रसुवागढीको नेपाल र चीन जोड्ने मितेरी पुलमा बेलिवृज राख्नेबारे सहमति भएको छ । आज (बिहीबार) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चीनका राजदूत चेन सोङसँग दसैँअघि बेलिब्रिज जडान गर्ने सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिएका छन ।

उनले भने, ‘आज नेपालका लागि चिनियाँ राजदूत चेन सोङसँग छलफल भएको थियो । उहाँसँग एकदमै सकारात्मक छलफल भएको छ, दसैँअघि बेलिब्रिज जडान गर्ने सहमति भएको छ ।’

स्याफ्रुबेँसी–रसुवागढी सडक मर्मतको काम अन्तिम चरणमा पुगेको छ । सडक भोलि (शुक्रबार) भित्र खुलाउने गरी काम भइरहेको सडक विभागले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us