तेल चोर्ने व्यापारीलाई आयल निगमकै सहयोग

काठमाण्डु टुडे २०७१ भदौ २७ गते ४:३९ मा प्रकाशित

काठमाण्डु, २७ भदौ– तेल चोर लाई नपक्रन दबाब दिँदै पेट्रोलियम ढुवानी व्यवसायीले गरेको हडताललाई आयल निगमका अधिकारीले nepal-oil-nigam8नै सघाउने गरेको खुलासा भएको छ ।

गैरकानुनी माग राखेर हडतालमा उत्रिएका व्यवसायीलाई कारबाही गर्नुको साटो निगमले हडताल उल्लंघन गर्दै तेल उठाउन चाहने व्यवसायीलाई असहयोग गरेर तेल चोरीमा सघाउ पुर्याहएको हो ।

पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले तेल चोरेको आरोप लागेका सल्लाहकार चोपनारायण श्रेष्ठलाई नपक्रन दबाब दिँदै बिहीबार तेल ढुवानी ठप्प पारेको थियो । आन्दोलनको विपक्षमा रहेका व्यवसायीले तेल उठाउन चाहे पनि निगमकै उच्च अधिकारीले रोकेका छन् ।

व्यवसायीको हडतालप्रति निगमले नरम व्यवहारु गरेको निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट स्वयं स्विकार्छन् ।

तेल चोरीमा संलग्नलाई छुटाउन गरिएको हडतालमाथि किन सघाएको भन्ने जिज्ञासामा भट्टले भने, ‘व्यवसायीले पूर्वनिर्धारित कार्यक्रम हो, सञ्चालन गर्न दिनुस् भने, त्यसैले नाइँ भन्न सकेनौं ।’

व्यवसायीको हडतालका कारण देशभरका कुनै पनि डिपोबाट तेल उठ्न सकेन । निगमस्रोतका अनुसार थानकोट डिपोबाट झन्डै ७० जना व्यवसायीले तेल उठाउन चाहेका थिए ।

तर, यो आन्दोलनलाई नैतिक समर्थन गरेको नेपाल पेट्रोलियम पदार्थ डिलर्स एसोसिएसनले समेत तेल उठाउन चाहनेलाई रोकेको थियो । महासंघका पदाधिकारीले तेल उठाए भौतिक कारबाही हुनेसम्म चेतावनी दिएको स्रोतले जनायो ।

महासंघ अध्यक्ष खगेश्वर बोहराले सरकारले माग सम्बोधन नगरे ३१ गतेबाट ट्यांकरको साँचो बुझाउने बताए । ‘राज्य आफैंले चलाउँछ भने चलाओस्, उनले भने, ‘तर हामी चलाउन सक्दैनौं, तेलको बिमा र ढुवानी भाडा वृद्धि नगरेसम्म आन्दोलन रोकिँदैन ।’

तेलचोर आरोप लागेका श्रेष्ठबारे गृह मन्त्रालयसँग वार्ता भइरहेको उनले बताए । ‘दोषीलाई कारबाही गर्नुपर्छ’, उनले भने, ‘तर निर्दोषलाई दोषी बनाएर कारबाही गर्न मिल्दैन ।’

अत्यावश्यक वस्तु र सेवामा हडताल गर्न नपाइने कानुनी व्यवस्था अवज्ञा गर्दै व्यवसायी हडतालमा उत्रेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us