काठमाण्डू, १ साउन– कांग्रेसकी नेतृ सुजाता कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमनले महिलामा उत्साह प्रदान गरेको तर्क गरेकी छन । पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी कोइरालाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएकी हुन ।
उनले पूर्व राष्ट्रपति भण्डारी एक सक्षम, इमानदार र उच्च राजनीतिक संस्कारयुक्त व्यक्तित्व भएको बताएकी छन् । कांग्रेस नेतृ कोइरालाले सामाजिक सञ्जालमा लेखेकी छन, ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीजी को सक्रिय राजनीतिमा पुनरागमनले सम्पूर्ण नेपाली महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको छ ।
उहाँ एक सक्षम, इमानदार र उच्च राजनीतिक संस्कार भएको व्यक्तित्व हुनुहुन्छ ।’ कोइरालाले भण्डारीलाई आगामी राजनीतिक यात्राको लागि शुभकामनासमेत दिएकी छन् ।