रास्वपाले पत्रकार सम्मेलन गर्दै

काठमाण्डु टुडे २०८२ साउन १ गते १२:१५ मा प्रकाशित

काठमाण्डू, १ साउन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (बिहिबार) पार्टीको मुख्याल वनस्थलीमा पत्रकार सम्मेलन गर्दै छ ।

आज दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिक घटनाक्रम धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरीएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन ।

रास्वपाले पार्टी सभापति रवि लामिछानेप्रति राजनीतिक प्रतिसोध भएको भनेर हस्ताक्षर अभियान चलाउँदै आएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार हस्ताक्षर अभियानका साथै समसामयिक राजनीतिक घटनाक्रम, सदन बहिष्कार, रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार चयन कार्यविधि लगायत विषयमा समेत पार्टीको धारणा सार्वजनिक हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us