काठमाण्डू, ३२ असार– सरकारले नागढुंगा सुरुङ निर्माण आयोजनाका लागि जापान सरकारबाट ५ अर्ब ७० करोड जापानी येन (५ अर्ब ३० करोड १० लाख रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ ।
गत सोमबार (३० असारमा) बसेको बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यो सुरुङ आयोजना अहिले निर्माणको अन्तिम चरणमा छ । सरकारले आगामी सन् २०२६ देखि सुरुङ सञ्चालनको आन्तरिक तयारी समेत गरिरहेको छ ।