संसद्‌ विघटनले मलाई पछ्याइरहन्छ भन्ने थाहा छः विद्यादेवी भण्डारी

काठमाण्डु टुडे २०८२ असार ३१ गते १७:४९ मा प्रकाशित

काठमाण्डू, ३१ असार– पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले संसद विघटनको घटनाले आफूलाई पछ्याइरहने बारे आफू जानकार रहेको बताएकी छन ।

आज (मंगलबार) मदन भण्डारी फाउन्डेसनद्धारा काठमाण्डूमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एमाले नेतृ भण्डारीले यस्तो बताएकी हुन । पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको संसद विघटनबारे प्रश्नमा उनले संविधानले गरेको व्यवस्थाअनुसार काम गरेको बताइन् ।

उनले भनिन्, ‘संसद विघटन विगतको कुरा हो, यसले मलाई पछ्याइरहन्छ भन्ने कुरामा म जानकारै छु, उनले भनिन्, ‘२०१७ सालको कुरा पनि इतिहासमा आइरहन्छ, पछि २०५१ मा पनि विघटन भएको छ त्यो पनि आइरहन्छ ।’ उनले थपिन्, ‘म राष्ट्रपति भएको बेलामा पनि दुईचोटि संसद विघटन भएको छ, त्यो आइरहन्छ, तर त्यसलाई मैले कुनै दबाब भन्दा पनि मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन गरेको हो, जे व्यवस्था छ त्यही गरेको हो ।’

उनले संसद विघटनको सदर कुनै दबाबमा नगरेको दोहोर्‍याइन् । ‘अब त्यसमा तपाईंहरू छलफलमा भाग लिन चाहनुहुन्छ भने त्यसको संवैधानिक, राजनीतिक र इतिहासका कुराहरू र देशलाई केगरी निकास दिनुपर्थ्यो, कुन बेला के काम गर्नुपर्छ त्यो कुराहरू छलफलको विषय हुनसक्छु उनले भनिन्, यसमा दबाब थिएन ।’ उनले थपिन्, ‘मैले संवैधानिक विधि व्यवस्था अनुसार मन्त्रिपरिषदले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन गरेको कुरा जानकारी गराउन चाहन्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us