काठमाण्डू, ३१ असार– सत्ता घटक दल एमालेको सदस्यता नवीकरण–पूर्व अब अनिवार्यरुपमा परीक्षा दिनुपर्ने भएको छ । नेकपा एमालेको केन्द्रीय संगठन विभागको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिएका छन । यस्तै नेकपा एमालेले ‘दुई पुस्ता सँगसँगै’ विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
नेकपा एमालेको केन्द्रीय संगठन विभागको सोमबार बसेको बैठकले हरेक वडामा अग्रजलाई सम्मान र युवा प्रशिक्षण कार्यक्रम सँगसँगै आयोजना निर्णय भएको संगठन विभागका सचिव ढुंगेलले जानकारी दिए। बैठकले जरा अभियान जस्तै अभियान लिएर एमाले जनताका घर घरमा जानुपर्ने निष्कर्ष निकालेको छ ।
एमालेले सबै तहका पार्टी कमिटीमा लघु प्रशिक्षणसहितका बैठकको परिपाटी बसाले स्तरोन्नती गर्ने भएको छ । पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन संगठनात्मक क्षेत्रका कामलाई व्यवस्थित योजनाका साथ विभागहरुलाई क्रियाशित बनाउने र विधान महाधिवेशनका तयारीका लागि संगठनात्मक दस्तावेजका लागि माग गरिएका विषयमा पार्टी नेतृत्वलाई रिपोर्ट उपलब्ध गराइएको निर्णय समेत गरेको छ ।