काठमाण्डू, ३१ असार– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन ।
आज (मंगलबार) काठमाण्डूमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताउका हुन । उनले लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने पनि बताएका छन । देउवाले लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नसक्ने पनि बताएका छन ।
सभापति देउवाले भने, ‘अहिले उत्पादित विद्युत खपत गर्ने र व्यापार गर्ने दायित्व सरकारको हो । यसका लागि निजी क्षेत्रलाई सहभागी गराउनु जरुरी छ, ‘लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्छ । लगानीकर्तालाई दुःख दिने भन्नेकुरै छैन ।’
उनले जलविद्युत आयोजनाहरूको आईपीओ निस्कासन रोक्नु गलत भएको र धितोपत्र बोर्डले चाँडै शेयर निस्कासन गर्नुपर्ने बताएका छन ।