दाङ, ३१ असार– घोराही–रामपुर सडक खण्डअन्तर्गत दाङको घोराही–३ सिस्ने खोलामा मोटरसाइकलसहित खसेको चालक र पछाडि सवार किशोरको मृत्यु भएको छ ।
रा७प३२७० नम्बरको मोटरसाइकल सोमबार साँझ खोलामा खसेको हो ।
दुर्घटनामा गढवा गाउँपालिका– ८ का १७ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको मृत्यु भएको दाङ प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर, चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।
तीव्र गतिका कारण मोटरसाइकल सडकबाट खोलामा खसेको प्रहरीको भनाइ छ ।