राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण

काठमाण्डु टुडे २०८२ असार ३० गते १६:०८ मा प्रकाशित

काठमाण्डू, ३० असार– राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार८ तीन वटा विधेयक प्रमाणीकरण गरेका छन । शीतल निवासले एक विज्ञप्तिमार्फत संविधानको धारण ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेको जानकारी गराएको छ ।

प्रमाणीकरण भएका विधेयकहरूमा ‘आर्थिक वर्ष २०८२र८३ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गरेको विधेयक’, ‘नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक’ रहेका छन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई पेस भएका उक्त विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us