काठमाण्डू, ३० असार– त्रिभुवन विश्वविद्यालय (त्रिवि)को सर्भर डाउन भएको छ । आज बिहान पनि त्रिवि, त्रिवि सेवा आयोग, परीक्षा नियन्त्रण कार्यालय लगायतका वेबसाइट खुलेका छ ।
वेबसाइट नखुल्दा अनलाइन फारम भर्नुपर्ने काम नहुँदा समस्यामा परेको सेवाग्राहीले बताएका छन् । वेबसाइट नै नखुल्ने भएपछि त्रिवि सेवा आयोगले खुलाएको विज्ञापनमा आवेदन दिन नपाएको उनीहरुको भनाइ छ ।
त्रिविले २१ जेठमा ५०० बढी प्राध्यापक र उपप्राध्यापक पदहरुमा विज्ञापन खुलाएको थियो । ती विज्ञापनमा आवेदन दिने म्याद साउन पहिलो सातासम्म छ ।
त्रिवि प्रशासनले आइतबार रातिदेखि डाउन भएको र बनाउने काम भइरहेको जानकारी दिएको छ ।