युवती मृत्यु प्रकरणमा मुछिए एमाले पत्रकार खत्री, आत्महत्या दुरुत्सहनमा उजुरीपछि फरार

काठमाण्डु टुडे २०८२ असार ३० गते ११:०४ मा प्रकाशित

रुकुम, ३० असार– रुकुमपूर्वमा युवतीले आत्महत्या गरेको प्रकरणमा एक पत्रकार मुछिएका छन् ।

एमाले सम्वद्ध पत्रकारको संस्था प्रेस चौतरीका जिल्ला अध्यक्ष परिचन्द्र खत्री घटनामा मुछिएका हुन् ।

सिस्ने गाउँपालिकामा कार्यालय सहयोगीका रुपमा कार्यरत २५ वर्षीया कोइली शाही शनिबार आफ्नै डेरामा झुण्डिएर आत्महत्या गरेको अवस्थामा मृत फेला परेकी थिइन् ।

कोठामा बाहिरबाट चुकुल लगाइएको भेटिएको थियो । उनी सिस्ने गाउँपालिका–६ खोपिचारकी स्थायी बासिन्दा हुन् ।

शाहीका परिवारले पत्रकार खत्रीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आइतबार आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गराएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख डिएसपी उमाशंकर प्रसाद यादवका अनुसार खत्रीले मृतक शाहीलाई पटकपटक फोन गरेर मानशिक तनाब दिँदै आएका थिए ।

खत्रीकै तनाबका कारण शाहीले आत्महत्या गरेको दाबी परिवारको छ । उजुरी दर्तापछि पत्रकार खत्री फरार भएका छन् । उनको खोजी जारी रहेको डिएसपी यादवले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us