बाचा होइन, जवाफदेहिता चाहन्छन् जनताः एमाले सचेतक बराल

काठमाण्डु टुडे २०८२ असार २९ गते १६:३१ मा प्रकाशित

काठमाण्डू, २९ असार– सत्ता घटक दल एमालेकी सचेतक सुनिता बरालले जनताले सरकारबाट बाचा मात्रै नचाहेको बताएकी छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सचेतक बरालले यस्तो बताएकी हुन ।

उनले जनताले सरकारबाट जवाफदेहिता चाहिरहेको बताएकी हुन् । एमाले सचेतक बरालले भनिन्, ‘आज राज्यका निकायहरू कामजोर हुने र निश्प्रभावी भएका हुन् कि भन्ने प्रश्नबाट सरकारको विशेष ध्यान जानुपर्छ, ‘आज नेपाली जनताले बाचा होइन, जवाफदेहिता चाहेका छन भन्ने कुरा सम्मानित सभामुखमार्फत नेपाल सरकारको ध्यानाकगषण गराउन चाहन्छु ।’

जनताले बाचा होइन, जवाफदेहिता चाहेको भनेर सरकारको ध्यानाकर्षण गराउनु अगाडि पृष्ठभूमिमा एमालेकी सचेतक बरालले गैरसरकारी संस्थाबाट नेपालीहरू भिजिट भिसामा विदेश जाने गरेको स्मरण गरिन् । ‘विभिन्न मुलुकका विभिन्न कार्यक्रममा कतिपय सरकारी कर्मचारी, राजनितिज्ञ, खेलाडी, कलाकार, व्यवसायी, पत्रकारहरू जाने कुरा स्वभाविक छ ।’

यस्तोमा विदेशी मुलुकले भिसा अप्रोच गरेका व्यक्तिलाई भिसा दिने कि नदिने भनेर नेपाल सरकारलाई नसोध्ने पनि उनले स्मरण गरिन् । तर, दुरुपयोग भएको छ भने यो संवेदनशिल विषय रहेको उनको भनाइ छ ।

एमाले सचेतक बरालले भनेकी छन्, ‘तर, अहिले केही गैरसरकारी संस्थाहरूले असम्बन्धित व्यक्तिहरूलाई विदेशी कार्यक्रमहरूमा पठाउने गरेको समाचार निकै संवेदनशिल छ ।’ यस्तो विषयमा गम्भीर हुन आवश्यक रहेको उनको आग्रह छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us