काठमाण्डू, २९ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षी दल हरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध गरेका छन् ।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै उनीहरूले उठेर विरोध सुरु गरेका हुन । अहिले सभामुख घिमिरेले रास्वपा सांसद सुमना श्रेष्ठलाई बोल्न दिइरहेका छन् । उनी अहिले बोलिरहेकी छन् ।