काठमाण्डू, २९ असार– काठमाण्डूको कीर्तिपुर नगरपालिका–६ चोभार डाँडास्थित पोखरीमा डुबेका बालकको प्रहरी र सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।
आइतबार बिहान दोलखा जिल्लाको तामाकोसी गाउँपालिका–३ घर भएर काठमाण्डूको कालिमाटी बस्ने १० वर्षीय विवेक तामाङ पौडी खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको नम्बर–१८ गणका इन्स्पेक्टर कृष्णराज अधिकारीको कमान्डमा खटिएको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले उनको उद्धार गरेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनलाई उपचारको लागि कीर्तिपुर अस्पताल पठाइएको छ ।