दलहरू बलियो हुँदा मात्रै राज्य बलियो हुन्छः शक्ति बस्नेत

काठमाण्डु टुडे २०८२ असार २८ गते १७:५९ मा प्रकाशित

काठमाण्डू, २८ असार– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले राजनीतिक दलहरू बलियो हुँदा मात्रै राज्य बलियो हुने तर्क गरेका छन । आज (शनिबार) भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव बस्नेतले यस्तो बताएका हुन । उनले राजनीतिक दलहरू बलियो भएमात्रै राजनीतिक प्रणाली बलियो हुने पनि बताएका छन ।

उनले राजनीतिक दलहरूले आफ्ना सकारात्मक तरिकाले विषयवस्तु राख्न नसक्नुले पनि राजनीतिक दलप्रति अनावश्यक प्रश्नहरू उठिरहेको पनि बताएका छन । उनले भने, ‘राजनीतिक दलहरू बलियो हुँदा राज्य बलियो हुने, राजनीतिक प्रणाली बलियो हुन्छ ।

राजनीतक दलहरूप्रति बेला बेलामा प्रश्नहरू उठ्ने गरेका पनि छन् । राजनीतिक दलहरूको बारेमा फैल्याइएका अनावश्यक अफवाहहरू, राजनीतिक दलहरूले आफ्ना सकारात्मक तरिकाले विषयवस्तु राख्न नसक्नुले पनि राजनीतिक दलहरूप्रति अनावश्यक प्रश्नहरू उठिरहेका छन् ।’

उनले सामाजिक जीवनका बदलिएका परिस्थिति, आवश्यकता, सम्भावना, अवसर र चुनौतिलाई यथोचित ढंगले सम्बोधन गर्न आफू परिष्कृत र परिमार्जित हुनु जरुरी रहेको पनि बताएका छन । उपमहासचिव बस्नेतले भने, ‘अव्यवस्था चाहनेले जतिसुकै राजनीतिक दलहरुले राम्रो काम गरेपनि विरोध गरिरहन्छ ।

त्यसलाई गलत सावित गर्ने दायित्व राजनीतिक दलको काम हो । सामाजिक जीवनका बदलिएका परिस्थिति, आवश्यकता, सम्भावना, अवसर र चुनौतिलाई यथोचित ढंगले सम्बोधन गर्न आफू परिष्कृत र परिमार्जित हुनु जरुरी छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us