काठमाण्डू, २८ असार– प्रहरीले नक्कली पेस्तोल देखाई सात लाख खोसेर भाग्ने चार जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको भन्दै बिहीबार चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरु सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका स्थायी बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ३ धार्पा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपववालिका वडा नम्बर १ बोडे बस्ने २८ वर्षिय पर्वत तामाङ भन्ने कर्म वाङगेल पाइन,सिन्धुपाल्चोककै बाह्रबिसे नगरपालिका वडा नम्बर ३ धार्पा घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर १ बोडे बस्ने बर्ष २५ वर्षिय प्रकाश तामाङ भन्ने सुर्य बहादुर पाइन रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै सिन्धुपाल्चोककै बाह्रबिसे नगरपालिका वडा नम्बर ३ धार्पा घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर१ बोडे बस्ने ३६ वर्षिय सागर भन्ने सन्तबिर पाइन र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ३ धार्पा घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर १६ धापाखेल बस्ने ३५ वर्षिय बिष्णु कुमार रुम्बा रहेका छन् ।
काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार पीडितलाई आफूसँग ६ हजार अमेरिकन डलर रहेको र ७ लाख नेपाली रकम दिनु भन्दै गत आइतबार भक्तपुरको चागुँनारायण नगरपालिका वडा नम्बर ४ हलछाप स्थित एकान्त जंगलमा लगेर ५–६ जनाको समूहले नक्कली पेस्तोल देखाई पीडितको साथमा रहेको आइफोन मोबाईल र नगद ?
सात लाख जबरजस्ती खोसी फरार भएका थिए । स्कुटर,मोटरसाइकलसहित पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी आचार्यले जानकारी दिएका छन ।