जनमतका निलम्बित कोषाध्यक्ष यादवले बुझाए धरौटी रकम

काठमाण्डु टुडे २०८२ असार २८ गते १३:४४ मा प्रकाशित

काठमाण्डू, २८ असार– जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले १ लाख २५ हजार रुपैयाँ धरौटी बुझाएका छन । ललितपुर जिल्ला अदालतमा चलेको ठगी सम्बन्धी कसूर मुद्दामा जनमतका निलम्बित कोषाध्यक्ष यादवले १ लाख २५ हजार रुपैयाँ धरौटी बुझाएका हुन ।

नेपाल सरकार वादी भएको ठगी सम्बन्धी कसूरमा ललितपुर जिल्ला अदालतबाट मिति २०८२ असार २६ गते भएको आदेशअनुसार माग भएको धरौट रकम उनले सोही दिन अदालतमा दाखेल गरेका हुन् । यादवले लिखित प्रतिबद्धता जनाउँदै अदालतले तोकेको तारेखमा नियमित रूपमा उपस्थित हुने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us