काठमाण्डू, २८ असार– राष्ट्रिय सूचना आयोगका पूर्वअध्यक्ष कृष्णहरि बास्कोटालाई पितृ शोक परेको छ । उनका पिता हरिहर बास्कोटाको १०० वर्षको उमेरमा आज बिहान कुलेश्वरस्थित आफ्नै निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
समाजसेवी स्वर्गीय बास्कोटाको नाममा धादिङका विभिन्न विद्यालयमा रु ५० लाखभन्दा बढी अक्षयकोश स्थापना गरी गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ । उनको नाममा हरिहर–भोजकुमारी केबलपुर मावि सञ्चालनमा छ ।
उनका दुई छोरी र चार छोरा रहेका छन् । स्व.बास्कोटाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छोरा कृष्णहरिले जानकारी दिएका छन ।